आज (शुक्रबार) पनि काठमाडौँ उपत्यकाको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
मौसमविद् रोजन लामिछानेका अनुसार अहिले बिहान उपत्यकामा हल्का हुस्सु भने लागिरहेको छ। ‘तर यो घाम लाग्दै जाँदा हटेर जान्छ’, उनले।
मौसमविद् लामिछानेले आज दिनभर काठमाडौँ उपत्यकाको मौसम सामान्यतया सफा नै रहने अनुमान गरिएको बताए। ‘अपराह्नतिर थोरै मात्रामा आंशिक बदली (आकाशमा थोरै बादल) सम्म हुने सम्भावना देखिन्छ’, उनले भने।
यसैबीच आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको उनले जानकारी दिए। बिहीबार उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस थियो।
आज उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको मौसमविद् लामिछानेको भनाइ छ।
- ह्वात्तै बढ्यो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम
- नेपालमा पश्चिम वायुको आंशिक प्रभाव कायमै, कस्तो रहला आजको मौसम?
234
Shares
प्रतिक्रिया