दिनप्रतिदिन क्रमशः तापक्रम बढ्ने क्रममा मंगलबार काठमाडौँ उपत्यकाको अधिकत तापक्रम २३ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।
मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार आज उपत्यकाको अधिकतम तापक्रम २३.२ डिग्री सेल्सियसमा उक्लिएको हो।
यसैगरी आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस छ।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
मौसमविद्का अनुसार अहिले देशभर नै बिस्तारै तापक्रम बढ्ने क्रममा छ।
तापक्रम बढेसँगै चिसोको मात्रा कम हुँदै गएको महसुस भएको छ।
जाडो अर्थात् हिउँदयामको अवधि अब यही फेब्रुअरी महिना मात्र हो। त्यसपछि प्रिमनसुन सिजन सुरु हुन्छ। त्यसैले तापक्रम क्रमश: उकालो लाग्दै गएको हो।
मौसमविद्का अनुसार प्रिमनसुन हावाहुरी, चट्याट्याङसहित वर्षा हुने सिजन हो।
Shares
प्रतिक्रिया