ad ad

बागमती


काठमाडौँ उपत्यकामा आज दिउँसो पनि चिसो हुने सम्भावना

काठमाडौँ उपत्यकामा आज दिउँसो पनि चिसो हुने सम्भावना

नेपालखबर
फागुन १५, २०८० मंगलबार ७:११, काठमाडौँ

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यतिबेला (मंगलबार बिहान ७ बजे) उपत्यकाको आकाश बादलले ढाकेको हो। 

‘उपत्यकाको मौसम आज दिनभर नै यस्तै रहने अनुमान छ’, उनले भने, ‘आज घाम देखिने सम्भावना न्यून छ, एकछिन देखिए पनि फेरि बादलले ढाक्नेछ।’

आजका अधिकांश समय आकाश बादलले ढाकिने तथा घाम नलाग्ने भएकाले दिउँसो पनि चिसो हुने सम्भावना रहेको मौसमविद् झाले बताए।

तर पानी पर्ने सम्भावना नरहेको उनले बताए। 

यसैबीच आज बिहान उपत्यकाको न्यूनतम तापक्रम भने बढेको छ। मौसमविद् झाका अनुसार बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस देखिएको हो। सोमबार यहाँको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो। 

‘राति आकाश बादलले ढाकेको थियो, त्यही भएर न्यूनतम तापक्रम बढ्यो’, उनले भने, ‘राति आकाश सफा भयो भने बिहान तापक्रम घट्छ।’

आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ २० देखि २२ डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरिएको मौसमविद् झाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .