सामाजिक अभियन्ता ईःले काठमाडौँको सुन्धारामा बुधबार राति नगर प्रहरीले फुटपाथ व्यवसायीविरुद्ध ‘अपराध’ गरेको आरोप लगाएका छन्।
बुधबार राति सुन्धारामा व्यापार गर्ने विषयमा विवाद हुँदा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको थियो। झडपमा नगर प्रहरी र फुटपाथ व्यवसायी गरी ११ जना घाइते भएका छन्।
फुटपाथ व्यवसायीहरूले नगर प्रहरीले आफूहरूविरुद्ध अत्याचार गरेको आरोप लगाइरहेका छन् भने नगर प्रहरीले आफूहरूविरुद्ध एक्कासि आक्रमण भएपछि आत्मरक्षा गर्नुपरेको दाबी गरेको छ।
अभियन्ता ईःले भने उक्त घटनालाई मानव अधिकारविरुद्धकै अपराध भएको जिकिर गर्दै नगर प्रहरीसँग यातना दिने अधिकार नभएको दाबी गरेका छन्।
‘यो देशमा गरिब हुनुभन्दा ठूलो अभिशाप अरू केही रहेनछ। राति ८ बजे दुईछाक टार्न सुन्धारा सडक छेउ उद्यम गरिरहेका माथि एक्कासि सामान खोसी कुटपिट किन? नगरप्रहरीसँग यातना दिने अधिकार छैन’, ईःले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो अपराध हो। मानवअधिकार, नागरिक अगुवा, गृह- सबको मुख यो डन्डा धनीमानीमाथि बर्सेपछि मात्र खुल्ने हो?’
Shares
प्रतिक्रिया