योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले राष्ट्र शान्तिका लागि काठमाडाैँस्थित मैतीदेवी मन्दिरमा आज (शनिबार) वेदपाठ, चण्डीपाठ र होमादि गरेको छ।
देशमा अशान्ति, झैझगडा, काटमार, सम्बन्ध-विच्छेद, बलात्कार, आत्महत्या, हत्या-हिंसा, बढ्दो सडक दुर्घटनालगायत खराब प्रवृत्ति निराकरणका लागि एक दिवसीय विशेष पूजा गरिएको हो।
परिषद्का अध्यक्ष शङ्कर पौडेलले चार ब्राह्मणद्वारा वेदपाठ, नौ ब्राह्मणद्वारा चण्डीपाठ, ११ ब्राम्हणद्वारा रूद्रीपाठ, चार ब्राम्हणद्वारा अनुष्ठान गरिएको जानकारी दिए। रासस
57
Shares
प्रतिक्रिया