प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार (आज) बागमती प्रदेशको राजधानी हेटौँडा आउने भएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड हेटौँडा आउने भएका हुन्।
महासंघको साधारणसभा दुई दिनसम्म चल्नेछ।
साधारणसभामा देशभरबाट ११ सय प्रतिनिधि र ५ सय जना पर्यवेक्षक सहभागी हुने जनाएको बताइएको छ।
महासंघको साधारणसभामा निर्माण उद्योगमा देखिएको चुनौतीबारे छलफल गरी निर्माण उद्योगको विकास र विस्तारका लागि साधारणसभाले गरेको निर्णयसहित हेटौँडा घोषणापत्र जारी गरिने कार्यसूची रहेको साधारणसभाका सहआयोजक निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कडेँलले जानकारी दिए।
साधारणसभाकै बीचमा निर्माण क्षेत्रमा केन्द्रित रही विज्ञहरुको लेखरचना महासंघको गतिविधि समेटिएको निर्माण विशेषांक स्मारिकाको विमोचन गर्ने कार्यक्रम राखिएको छ।
महासंघको साधारणसभा उद्घाटन समारोहमा प्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सहरी विकास मन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललगायत सहभागी हुने बताइएको छ।
Shares
प्रतिक्रिया