आज (शनिबार) बिहान काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी चितवनस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँच जनाको शव निकालिएको छ।
त्रिशूली नदीमा खसेको बा २ झ ४१९६ नम्बरको ट्याक्सीमा सवार ५ जनाको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ।
जसमा एक बालिका, दुई महिला र दुई पुरुष छन्।
तर दुर्घटनामा परेको ट्याक्सीमा कतिजना सवार थिए भन्ने एकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए।
‘मृतकका आफन्तलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौँ’, उनले भने, ‘ट्याक्सीमा कति जना सवार थिए र कहाँ जान लागेको भन्ने कुरा मृतकका आफन्त आएपछि मात्रै थाहा हुन्छ।’
प्रहरीका अनुसार ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो।
4.5k
Shares
प्रतिक्रिया