ad ad

बागमती


काठमाडौँ सुकेधारामा भेटिएको शव खोटाङका व्यक्तिको

काठमाडौँ सुकेधारामा भेटिएको शव खोटाङका व्यक्तिको

नेपालखबर
जेठ १, २०८१ मंगलबार १०:३३, काठमाडौँ

काठमाडौँ सुकेधारामा मंगलबार बिहान भेटिएको शव पहिचान भएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार काठमाडौँ-४, सुकेधारा चोकनजिकै नालामा मृत भेटिएका व्यक्ति खोटाङको हलेसीतुवाचुङ–७, घर भई हाल चाबहिल बस्ने अन्दाजी ४४ वर्षीय भीषण गिरी रहेको खुलेको हो। 

उनको आफन्त पनि सम्पर्कमा आइसकेको उनले बताए। 

आज बिहान ७ बजेतिर सुकेधारास्थित नालामा घोप्टो अवस्थामा मानिस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

मृत्यु के कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .