देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा मौसम बदली र वर्षा हुने क्रम जारी छ।
यस क्रममा यहाँ बिहानैदेखि वर्षा हुन थालेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज काठमाडौँ उपत्यकामा दिनभर नै मौसम साधारतयादेखि पूर्ण बदली हुने सम्भावना छ।
‘बीचबीचमा मौसम खुल्न खोजे पनि फेरि पानी पर्ने, रोकिने र फेरि पर्ने क्रम जारी रहने देखिएको छ,’ उनले भने, ‘आज काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ।’
मौसम महाशाखाले पनि आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ६० प्रतिशत देखाएको छ।
यसैबीच बिहान ६:४५ को रेकर्डअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९.९ डिग्री सेल्सियस देखिएको मौसमविद् पुडासैनीले जानकारी दिए।
उपत्यकाको अधिकतम आज २८ देखि ३० डिग्री सेल्सियससम्म जाने अनुमान गरिएको उनले बताए।
यो पनि : ‘रेमल’ चक्रवातको प्रभाव कायमै, दिउँसो ३ प्रदेशमा वर्षाको सम्भावना
Shares
प्रतिक्रिया