ad ad

बागमती


काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना

काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
जेठ २०, २०८१ आइतबार ९:७, काठमाडौँ

आज (आइतबार) पनि काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार यतिबेला (आइतबार बिहान करिब ९ बजे) काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली भएको छ। तापक्रम २४ डिग्री सेल्सियस छ भने पारदर्शिता (भिजिबिलिटी) ७ किलोमिटर छ। 

आंशिक बदली भनेको आकाशको २६ देखि ५१ प्रतिशतसम्म भागमा बादल लागेको अवस्था हो। 

‘आज अपराह्न वा अपराह्नपछि काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् कँडेलले भनिन्, ‘आज काठमाडौँ उपत्यकामा मात्र होइन, देशभरि नै मौसम छ्याङ्ग भएर खुल्ने सम्भावना छैन।’

हिजो शनिबार पनि काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको थियो। 

मौसमविद्का अनुसार आज दिउँसो बागमती प्रदेशसहित कोसी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। गण्डकी तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हावाहुरीको पनि सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको आकलन मौसमविद्ले गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .