मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे स्याङ्तानको घरमा आगलागी भएको छ।
अध्यक्ष स्याङ्तानको ढुंगा माटोले बनेको घरमा आगलागी भएको हो।
मकवानपुरगढी–३ सुकौरामा रहेको उनको घरमा मंगलबार (आज) बिहान करिब साढे ११ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।
प्रहरीका अनुसार आगलागि पूर्ण नियन्त्रणमा आएको छ।
आगलागीको थप विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
18
Shares
प्रतिक्रिया