ad ad

बागमती


काठमाडौँ उपत्यकामा पनि ३ दिन मौसम बदली र वर्षा जारी रहने

काठमाडौँ उपत्यकामा पनि ३ दिन मौसम बदली र वर्षा जारी रहने

फाइल तस्बिर : काठमाडौँको त्रिपुरेश्वर चोक


नेपालखबर
असार ६, २०८१ बिहिबार ८:५५, काठमाडौँ

देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि वर्षा हुने क्रम जारी छ। 

अहिले (बिहीबार बिहान ८:४४ बजे) पनि काठमाडौँ उपत्यकाका कतै कतै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

‘काठमाडौँ उपत्यकामा मात्र होइन, देशका धेरै स्थानमा पानी परेको छ’, उनले भनिन्, ‘काठमाडौँ उपत्यकामा राति ९ बजे वर्षा सुरु भएको थियो, यसबीच केही बेर रोकियो र फेरि पानी परिरहेको छ।’

मौसमविद् कँडेलका अनुसार आज दिनभर नै काठमाडौँ उपत्यकामा मौसम बदली र वर्षा जारी रहने सम्भावना छ।

‘आज दिनभर नै उपत्यकाको आकाशमा बादल लाग्ने छ, अनि बीचबीचमा रोकिने र फेरि पानी पर्ने क्रम पनि जारी रहने सम्भावना छ’, उनले भनिन्, ‘काठमाडौँमा भारी वर्षाको चाहिँ सम्भावना देखिएको छैन, हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ।’

मौसमविद् कँडेलका अनुसार काठमाडौँ उपत्यकामा आज मात्र होइन, आगामी ३ दिनसम्मै मौसम सफा भएर खुल्ने सम्भावना छैन। 

‘कम्तीमा ३ दिन (शनिबारसम्म) काठमाडौँमा पनि मौसम यस्तै यस्तै रहने देखिन्छ’, उनले भनिन्, ‘पानी पर्ने क्रम जारी रहन्छ।’

मौसम महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .