ad ad

बागमती


पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका ६ स्थानमा ‘धेरै भारी वर्षा’

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका ६ स्थानमा ‘धेरै भारी वर्षा’

काठमाडौँको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कछेउ शनिबार उर्लिएको विष्णुमती नदी। तस्बिर : हरिराम भेटुवाल/रासस


नेपालखबर
असार २२, २०८१ शनिबार १९:१२, काठमाडौँ

देशभरसँगै काठमाडौँ उपत्यकामा पनि विगत २४ घण्टामा भीषण वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझ ६:४० बजे दिएको विवरणअनुसार गत २४ घण्टामा काठमाडौँ उपत्यकाका ६ स्थानमा धेरै भारी (सय मिलिमिटरभन्दा माथि) वर्षा मापन भएको छ। 

यसैगरी सो अवधिमा उपत्यकाका अन्य ४ स्थानमा भारी (५० मिलिमिटरभन्दा माथि) वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाको तथ्यांकअनुसार पछिल्लो २४ घण्टाभित्र ललितपुरको लेलेमा १६९.४ मिलिमिटर, काठमाडौँको धापड्याममा १५३.३ मिलिमिटर, काठमाडौँकै कीर्तिपुरमा १५०.६ मिलिमिटर, ललितपुरको गोदावरीमा १४९.२ मिलिमिटर, काठमाडौँको नैकापमा १४५ र काठमाडौँकै बबरमहलमा १०१ मिलिमिटर वर्षा मापन भएको हो। 

यसैगरी सो अवधिमा काठमाडौँको कपनमा ९८.८ मिलिमिटर, काठमाडौँकै सुन्दरीजलमा ९३.४ मिलिमिटर तथा ललितपुरको टीकाथलीमा ९४.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। 

माथि उल्लिखित उपत्यकाका स्थान मौसम महाशाखाका वर्षा मापन केन्द्र भएका ठाउँ हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .