ad ad

बागमती


पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका यी ९ स्थानमा ‘भारी वर्षा’ (सूची)

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका यी ९ स्थानमा ‘भारी वर्षा’ (सूची)

वर्षाले शनिबार जलमग्न काठमाडौँ


नेपालखबर
असार २३, २०८१ आइतबार ९:८, काठमाडौँ

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका ९ स्थानमा ‘भारी वर्षा’ भएको छ। 

मौसम पूर्वानुमान महाशाखाको आज (आइतबार) बिहान ८:५० बजेसम्मको अपडेटअनुसार उपत्यकाअन्तर्गत काठमाडौँ जिल्लाका ६ र ललितपुर जिल्लाका ३ ठाउँमा भारी वर्षा भएको हो। 

गत २४ घण्टामा उपत्यकाभित्र सबैभन्दा बढी काठमाडौँको धापड्याममा ९५.२ मिलिमिटर वर्षा मापन भएको छ। 

यसैगरी उक्त अवधिमा ललितपुरको लेलेमा ६८ मिलिमिटर, काठमाडौँको कीर्तिपुरमा ६३.२, काठमाडौँकै कपनमा ६०.२, काठमाडौँकै सुन्दरीजलमा ५६.६, ललितपुरको खुमलटारमा ५६.४, ललितपुरकै गोदावरीमा ५६.२, काठमाडौँका नैकापमा ५५.४ र बबरमहलमा ५१.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। 

उल्लिखित विवरण मौसम महाशाखाका वर्षा मापन केन्द्र भएका स्थानका हुन्। पानीको मात्राले ५० मिलिमिटर नाघेपछि मौसमविद्को भाषामा भारी वर्षा भनिन्छ।

मौसमविद्का अनुसार यसबीच काठमाडौँ उपत्यकाभरि नै वर्षा भएको छ भने हुने क्रम जारी छ। 

लगातार वर्षाकै कारण काठमाडौँ उपत्यकाका विभिन्न बस्ती डुबानमा परेका छन्।

हेर्नुहोस् नक्सामा काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टाको वर्षा विवरण-

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .