पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाको एक स्थानमा भारी वर्षा मापन भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ८:२२ बजे अपडेट गरेको विवरणअनुसार काठमाडौँको पानीपोखरीस्थित वर्षा मापन केन्द्रमा ६३ मिलिमिटर वर्षा भएको देखिएको हो।
मौसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ।
पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकको मानेखर्कमा पनि ६३ मिलिमिटर वर्षा मापन भएको महाशाखाले उल्लेख गरेको छ।
सो अवधिमा सबैभन्दा बढी झापाको शनिश्चरेमा १०१ मिलिमिटर वर्षा भएको छ। सय मिलिमिटरभन्दा माथिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ।
यसैगरी गत २४ घण्टामा डोटीको दिपायलमा ६६ मिलिमिटर, बाँकेको सिक्टामा ६४.६ मिलिमिटर र उदयपुरको मुर्कची बजारमा ५४.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। यो भनेको भारी वर्षा हो।
सो अवधिमा मुलुकका अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षा मात्र भएको छ।
Shares
प्रतिक्रिया