पछिल्लो ६ घण्टामै काठमाडौँ उपत्यकाको एक स्थानमा भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहान ७:१५ बजे गरेको अपडेटअनुसार गत ६ घण्टामा काठमाडौँको कपनमा भारी वर्षा भएको हो। वर्षा विवरणअनुसार पछिल्लो ६ घण्टामै कपनमा ६४.८ मिलिमिटर वर्षा मापन भएको हो।
यस्तै काठमाडौँका अन्य स्थानमा सुन्दरीजलमा ४१.२ मिलिमिटर वर्षा भएको छ भने पानीपोखरी भन्ने स्थानमा २६.२ मिलिमिटर वर्षा मापन भएको छ।
यसैगरी बबरमहलमा ८.६ तथा नैकापमा ७.४ मिलिमिटर वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ।
सो ६ घण्टामा देशभरमा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा १०७ मिलिमिटर वर्षा भएको छ। सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन्।
यसैगरी नवलपरासीको देउरालीमा ७३.६ मिलिमिटर वर्षा भएको छ। ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ।
सो अवधिमा देशका अन्य स्थानमा भने ५० मिलिमिटरभन्दा मुनि वर्षा भएको छ।
Shares
प्रतिक्रिया