बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामालाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले विश्वासको मत नदिने भएका छन्।
सदनमा दलको तर्फबाट धारणा गर्दै माओवादी केन्द्रका सांसद युवराज दुलालले विश्वासको मत नदिने बताएका हुन्। एमाले –कांग्रेसको गठबन्धनले सरकारको औचित्व पुष्टि गर्न नसक्ने भन्दै विश्वासको मत नदिने पूर्वमन्त्री समेत रहेका दुललाले बताए।
यता, एकीकृत समाजवादी बागमती संसदीय दलका नेता कृष्ण प्रसाद खनालले सरकार विस्तारका बेला नसम्झिएको गुनासो गर्दै विश्वासको मत नदिने बताएका हुन्।
बागमतीका नवनियुक्त मुख्यमन्त्री लामाले आज सदनबाट विश्वासको मत लिँदैछन्।
39
Shares
प्रतिक्रिया