ad ad

बागमती


काठमाडौँ उपत्यकाका ११ स्थानमा भारी, एक ठाउँमा धेरै भारी वर्षा (सूची)

काठमाडौँ उपत्यकाका ११ स्थानमा भारी, एक ठाउँमा धेरै भारी वर्षा (सूची)

नेपालखबर
साउन १६, २०८१ बुधबार ८:३१, काठमाडौँ

काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा भारी तथा एक ठाउँमा धेरै भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान ८ बजेर ९ मिनेटमा दिएको विवरणअनुसार २४ घण्टामा उपत्यकको एक स्थामा धेरै भारी अर्थात् सय मिलिमिटरभन्दा माथि वर्षा भएको छ। काठमाडौँको धापपड्याम वर्षा मापन केन्द्रमा १०८ मिलिमिटर वर्षा मापन भएको हो। 

महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौँ उपत्यकामा आज रातभर वर्षा भएको थियो। 

‘आज बिहान त्यस्तै ६ बजेतिर उपत्यकामा वर्षा रोकिएको होला’, उनले भने, ‘काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा भारी वर्षा भएको छ।’

महाशाखाको विवरणअनुसार काठमाडौँको बूढानीलकण्ठमा विगत २४ घण्टामा ९० मिलिमिटर वर्षा भएको छ भने दोस्रोमा भक्तपुरको नगरेकोटमा ८३.२ मिलिमिटर वर्षा भएको छ।

यस्तै ललितपुरको गोदावरीमा ७६.४ मिलिमिटर वर्षा भएको छ भने यसपछि काठमाडौँको कपनमा ७४ मिलिमिटर वर्षा भएको छ। 

यसैगरी ललितपुरको टिकाथलीमा ६७.४ मिलिमिटर, काठमाडौँको कीर्तिपुरमा ६५ मिलिमिटर, बबरमहलमा ६२.२ मिलिमिटर, नैकापमा ६१.४ मिलिमिटर तथा सुन्दरीजलमा ६०.६ मिलिमिटर वर्षा भएको छ। 

यस्तै सो अवधिमा भक्तपुरको ताथलीमा ५९.४ मिलिमिटर वर्षा भएको छ भने ललितपुरको ५७.४ मिलिमिटर वर्षा भएको मौसम महाशाखाको विवरणमा उल्लेख गरिएको छ। 

यी मौसम महाशाखाले वर्षा मापन केन्द्र राखेका स्थान हुन्।

मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथिको वर्षा भयो भने त्यसलाई भारी वर्ष भनिन्छ भने सय मिलिमिटरभन्दा माथि वर्षा भयो भने त्यसलाई धेरै भारी वर्षा भनिन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .