ad ad

बागमती


बागमतीमा सडकको पहिरो हटाउन द्रुत प्रतिकार्य टोली गठन

बागमतीमा सडकको पहिरो हटाउन द्रुत प्रतिकार्य टोली गठन

नेपालखबर
साउन १६, २०८१ बुधबार १५:५२, हेटाैँडा

बागमती प्रदेशमा द्रुत प्रतिकार्य टोली गठन गरिएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशस्तरीय सडकमा बाढी, पहिरोको अवरोध हटाउन प्रतिकार्य टोली गठन गरेको हो।

बुधबार द्रुत प्रतिकार्य टोली गठन गरेर परिचालन समेत गरिएको मन्त्रालयले जनाएको छ।

जसका लागि यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक पुस्कर प्रसाद पोख्रेलको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरिएको छ।

समितिमा भौतिक पूर्वाधार मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारी, भौतिक मन्त्रालयका फोकल पर्सन ज्यानेन्द्र प्रसाद पुन, यातायात पूर्वाधार विकास निर्देशनालय बागमतीका सूचना अधिकारी हरिप्रसाद ओझा र सम्वद्ध पूर्वाधार कार्यालयका कार्यालय प्रमुख रहेका छन्।

यस टोलीले अबरुद्ध भएका मुख्य प्रादेशिक सडकहरूको पहिचान गरेर काम निरन्तर गर्ने, सूचना सम्प्रेशण गर्ने, वैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रुपमा अबरुद्ध सडकहरू यथाशीघ्र छिटो सूचारु गर्ने, अन्तर निकायमा समन्वय गर्ने लगायतका कामहरु गर्ने मन्त्रालयका सचिव अमृत श्रेष्ठले जनाकारी दिए।

यस्तै, कार्यक्रममा आफ्नो भनाई राख्दै भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले जनसरोकारका विषयमा भौति पूर्वाधार मन्त्रालयले काम गर्न लागेको बताए। बाटो अवरुद्धको पूर्वसूचना नहुँदा यात्रुले खेप्न परेको सास्ती, बिरामीहरूले बाटोमै ज्यान गुमाउन पर्ने जस्ता समस्याको हल गर्न द्रुत टोली खडा गरिएको मन्त्री मास्केको भनाइ छ।

‘यसलाई हामी अनुसन्धानको रुपमा पनि अघि बढाउनेछौं र काम पनि गर्नेछौं,’ मन्त्री मास्केले भने, ‘सबैलाई उत्तरदायी बनाउन सिनियर टीम बनाएका छौं। हामीले तोकेको उहाँहरुको फोन नम्बरमा फोन गरेर जानकारी दिनसक्नुहुनेछ। उहाँले तुरुन्तै सो स्थानका कार्यालय प्रमुखलाई खबर गरिदिनुहुनेछ।’

पूर्वाधार कार्यालयले प्रहरी लगायतको सहायता लिएर तुरुन्तै पहिरो पन्छ्याउन तदारुकता देखाउने र बाटो बन्द भएर घण्टौंसम्म सडकमा अलपत्र पर्नुपर्ने समस्याको अन्त्य हुने उनको विश्वास छ।

सडकमा खसेको पहिरो पन्छ्याउने मात्रै नभएर पहिरो रोक्नका लागि कस्ता योजनाहरु बनाइए भने उक्त प्रभावित क्षेत्रको समस्या हल हुन्छ भन्ने बिषयमा समेत अध्ययन गरिने मन्त्री मास्केले बताए।

रुग्ण आयोजनाहरुका विषयमा पनि टिम बनाएर रिपोर्ट तयार गर्ने काम भइरहेको समेत मन्त्री मास्केको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .