ad ad

बागमती


बागमती प्रदेश सभाबाट विज्ञान प्रविधि नवप्रवर्तन विधेयक पारित

बागमती प्रदेश सभाबाट विज्ञान प्रविधि नवप्रवर्तन विधेयक पारित

नेपालखबर
साउन १६, २०८१ बुधबार २१:५४, हेटाैँडा

बागमती प्रदेशसभाको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ।

बुधबार बसेको प्रदेश सभा बैठकबाट उक्त विधेयक पारित भएको हो। सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रदेश सभामा विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन्।

उक्त विधेयकलाई सभामुख भुवन कुमार पाठकले निर्माणार्थ पेस गरेका थिए।

सभामुख पाठकले निर्णयार्थ पेस गरेको उक्त विधेयकलाई बैठकमा उपस्थित सांसदहरूले सर्वसम्मतले स्वीकृत गरेका हुन्। सो विधेयक संसद्बाट पारित भएसँगै ऐनको रूप प्रदान गर्न प्रदेश प्रमुख समक्ष प्रमाणीकरणका लागि पठाउने प्रदेश सभा सचिव कृष्णहरी खड्काले जानकारी दिए।

त्यसअघि प्रदेश सभा बैठकले उक्त विधेयक माथि छलफल गरी शिक्षा स्वास्थ्य तथा कृषि समितिले तयार पारेको निर्णय सहितको प्रतिवेदन पेस भएको थियो भने सो उपर छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .