ad ad

बागमती


ललितपुरको मनोहरा नदीमा हाम फालेकी १७ वर्षीया किशोरीलाई प्रहरीले बचायो

ललितपुरको मनोहरा नदीमा हाम फालेकी १७ वर्षीया किशोरीलाई प्रहरीले बचायो

ती किशोरीलाई उद्धार गर्दै प्रहरी।


नेपालखबर
साउन २४, २०८१ बिहिबार ८:४६, काठमाडौँ

ललितपुर महानगरपालिका–९, बालकुमारीस्थित मनोहरा नदीमा हाम फालेकी किशोरीलाई प्रहरीले बचाएको छ। 

ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल ललितपुर–९, च्यासल बस्ने १७ वर्षीया किशोरी (नाम गोप्य राखिएको) बुधबार साँझ मनोहरा नदीमा हाम फालेकी थिइन्। 

‘उनलाई नदीले झन्डै ७० मिटरसम्म बगाएको अवस्थामा प्रहरीले उद्धार गरेको हो’, प्रवक्ता सुवेदीले बिहीबार बिहान नेपालखबरलाई सुनाए, ‘उद्धारपश्चात् बीएन्डबी अस्पताल (ग्वार्काे) लगिएकी उनी उपचारपछि बुधबार अबेर राति डिस्चार्ज भइसकेकी छन्।’

उनका अनुसार यसअघि ती किशोरी हराइरहेकी थिइन्। प्रहरीमा पनि यो सूचना आएको थियो। 

‘खोजीका क्रममा बुधबार ती किशोरीका भिनाजुले उनलाई फेला पारेछन्’, प्रवक्ता सुवेदीले भने, ‘त्यसपछि कोठातिर लिएर आउने क्रममा बाटोमा पर्ने मनोहरा नदीमा एक्कासि हाम फालिछन्, तुरुन्त प्रहरीलाई खबर भएपछि तत्काल प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी अस्पताल पुर्‍याएको थियो।’

उनले किन हाम फालिछन् भन्ने कारण खुलिनसकेको एसपी सुवेदीले बताए। 

‘भर्खर अस्पतालबाट डिस्चार्ज भएकी किशोरीलाई धेरै सोधपुछ गर्ने कुरा आएन’, उनले भने, ‘ती कुरा बुझ्नै बाँकी छ।’

ती किशोरीले फेरि पनि त्यस्तो गर्ने सम्भावना रहेकाले प्रहरीले निगरानी गरिरहेको एसपी सुवेदीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .