ad ad

बागमती


काठमाडौँको डल्लुमा आगलागी, ठूलो क्षति हुनबाट बच्यो (भिडिओ)

काठमाडौँको डल्लुमा आगलागी, ठूलो क्षति हुनबाट बच्यो (भिडिओ)

आगलागीको फोटो/भिडिओ सौजन्य : विजय सिंह


नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १०:५१, काठमाडौँ

आज (शुक्रबार) बिहान काठमाडौँ महानगरपालिका–१५, डल्लु छहारी गल्लीमा एक स्थानीयको घरमा आगलागी भएको छ।

सञ्चारकर्मीसमेत रहेका स्थानीय विजय सिंहका अनुसार बिहान ९:१५ तिर बजे छिमेकी लक्ष्मण श्रेष्ठको घरमा आगलागी भएको हो। 

तर स्थानीयको सक्रियतामा बेलैमा आगो नियन्त्रणमा लिएकाले ठूलो धनजनको क्षतिबाट जोगिएको उनले बताए। 

आगलागी भएको काेठा।

‘उहाँहरू पूजाकोठामा दियो बालेर सबैजना तल झर्नुभएछ, त्यही आगो सल्किएर आगलागी भएछ’, सिंहले भने, ‘तर बेलैमा हामी सबै मिलेर आगो निभाएकाले कोठाका केही सामान जल्नुबाहेक खासै क्षति हुन पाएन।’

आगलागीको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .