ad ad

बागमती


काठमाडौँबाट नारायणगढ आउँदै गरेको माइक्रोबसमा ढुंगा खसेर लाग्दा आमाछोरी घाइते

काठमाडौँबाट नारायणगढ आउँदै गरेको माइक्रोबसमा ढुंगा खसेर लाग्दा आमाछोरी घाइते

गुडिरहेका बेला ढुंगा खसेर अगाडि सिसामा लागेको माइक्रोबस।


सुनिता विष्ट
भदौ ५, २०८१ बुधबार १४:८, हेटौँडा

नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुंगा खसेर लाग्दा दुई जना घाइते भएका छन्।

बुधबार (आज) बिहान ११ बजेतिर भरतपुर महानगरपालिका-२९, स्थित सत्रकिलोमा काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेकोे बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोमा ढुंगा खसेर लाग्दा दुई जना घाइते भएका हुन्।

घाइते हुनेमा देवचुली नगरपालिका-१३ बस्ने ३० वर्षीया कल्पना परियार र उनकी छोरी ८ वर्षकी छोरी कञ्चन परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनीहरू दुवैजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ढुंगाले लाग्दा माइक्रोको अगाडिको सिसामा क्षति पुगेको बताइएको छ भने अन्य यात्रु तथा चालक भने सकुशल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .