मकवानपुरको हेटौँडा–१५, रातोमाटेबाट जिल्ला प्रहरी कार्यालयले झन्डै साढे ५४ लाख रुपैयाँ बराबरको अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ।
विशेष सूचना पाएपछि खटिएको प्रहरी टोलीले आज बिहान ३ बजे ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको हो।
प्रहरीले रातोमाटे चेकपोस्टमा यात्रुवाहक बसका यात्रु चेकजाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित एकजना पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार वीरगन्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साहलाई अवैध सुनसहित पक्राउ गरिएको हो।
उनले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएर ल्याइरहेका थिए।
सुनसहित साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ।
162
Shares
प्रतिक्रिया