ad ad

बागमती


काठमाडौँ उपत्यकाको मौसम: बिहान हुस्सु, दिउँसो बदलीको सम्भावना

न्यूनतम तापक्रम केही बढ्यो
काठमाडौँ उपत्यकाको मौसम: बिहान हुस्सु, दिउँसो बदलीको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर २६, २०८० मंगलबार ७:३९, काठमाडौँ

यतिबेला (मंगलबार बिहान) काठमाडौँ उपत्यकामा पनि हुस्सु लागिरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले बिहानीपख देखिएको हुस्सु घाम लागेसँगै बिस्तारै हट्दै जानेछ।

‘तर दिउँसो काठमाडौँ उपत्यकाको मौसम आंशिकदेखि सामान्यसम्म बदली हुने सम्भावना छ’, उनले भने, ‘यो भनेको बादल लाग्ने र घाम पनि देखिने अवस्था हो।’

आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना रहे पनि सम्भावना न्यून रहेको मौसमविद् लामिछानेको भनाइ छ। 

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा केही बढेको छ। 

मौसमविद् लामिछानेका अनुसार बिहान ५:४५को रेकर्डअनुसार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री देखिएको हो। हिजो उपत्यकाको न्यूनतम तापक्रम ६.१ डिग्री थियो। यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे सार्वजनिक गरिने मौसमविद् लामिछानेले बताए। 

देशभरको मौसम : पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा हुस्सु र कुहिरो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .