ad ad

बागमती


काठमाडौँमा आज यस वर्ष अहिलेसम्मकै चिसो, कतिमा झर्‍यो तापक्रम?

काठमाडौँमा आज यस वर्ष अहिलेसम्मकै चिसो, कतिमा झर्‍यो तापक्रम?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर २७, २०८० बुधबार ७:४८, काठमाडौँ

आज (बुधबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। मौसमविद्का अनुसार न्यूनतम तापक्रम कम हुँदा बिहान कठ्यांग्रिँदो चिसो हुन्छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिएको हो।

‘यो काठमाडौँ उपत्यकाका लागि यस वर्ष अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो’, उनले भने।

यसअघि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसम्म पुगेको थियो। आज त्यसभन्दा पनि तल झरेको हो। 

यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउने मौसमविद् पुडासैनीले बताए। तर अहिले र पछिको न्यूनतम तापक्रममा धेरै तलमाथि हुँदैन। 

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १७ देखि १९ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको जानकारी पनि मौसमविद् पुडासैनीले दिए। न्यूनतम तापक्रम बिहान ८:४५ बजे तथा अधिकत तापक्रम साँझ ५:४५ बजे लिइन्छ। 

उनका अनुसार यतिबेला (बुधबार बिहान) काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली (२६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको) भएको छ।

‘आज उपत्यकाको मौसम दिनभर आंशिक बदली नै रहने अनुमान गरिएको छ’, मौसमविद् पुडासैनीले भने। अर्थात् घाम लाग्छ।

देशभरको मौसमका लागिनेपालमा पश्चिमी वायुको प्रभाव, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .