ad ad

बागमती


काठमाडौँमा बाक्लो हुस्सु, हवाई उडानमा समस्या पर्नसक्ने

काठमाडौँमा बाक्लो हुस्सु, हवाई उडानमा समस्या पर्नसक्ने

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर २९, २०८० शुक्रबार ७:१६, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (शुक्रबार) बिहान बाक्लो हुस्सु लागिरिहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हिजो/अस्तिको तुलनामा आज काठमाडौँ उपत्यकामा अलि बाक्लो हुस्सु लागेको छ। 

‘आज यहाँको भिजिबिलिटी (पारदर्शिता) ३ किलोमिटर मात्र छ’, उनले भने, ‘यसलाई यस वर्ष अहिलेसम्मकै कम भिजिबिलिटी त भन्न सकिएन, तर हिजो र अस्ति भिजिबिलिटी ४ किलोमिटरभन्दा तल भएको थिएन।’

उनका अनुसार भिजिबिलिटी ३ किलोमिटर मात्र हुँदा हवाई उडानमा समस्या पर्नसक्छ।

‘भिजिबिलिटी ४ किलोमिटरसम्म हुँदा खासै समस्या हुँदैन’, मौसमविद् अधिकारीले भने, ‘३ किलोमिटर मात्र हुँदा हवाई उडानमा समस्या पर्नसक्छ।’ 

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस छ।

‘आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान पौने ९ बजे आउँछ’, मौसमविद् अधिकारीले भने, ‘त्यतिबेला अझ केही घट्न सक्छ।’

हिजो बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो। 

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्रीसम्म हुने अनुमान गरिएको मौसमविद् अधिकारीले बताए। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ। 

आज पनि काठमाडौँ उपत्यकामा घाम लाग्ने सम्भावना रहेको जानकारी पनि उनले दिए। ‘आज उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहने सम्भावना छ।’

आंशिक बदली भनेको आकाशमा बादल पनि देखिने तथा घाम पनि लाग्ने अवस्था हो। 

देशभरका लागि– मौसम पूर्वानुमान : आज कतै वर्षा र हिमपात नहुने, तराईमा हुस्सु/कुहिरो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .