ad ad

बागमती


काठमाडौँको न्यूनतम तापक्रम केही उक्लियो

काठमाडौँको न्यूनतम तापक्रम केही उक्लियो

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
पुस १०, २०८० मंगलबार ७:१८, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (सोमबार) को तुलनामा आज (मंगलबार) केही बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोवन्द झाका अनुसार आज बिहान ६४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस देखिएको हो। हिजो यही समयमा ६ डिग्री सेल्सियस देखिएको थियो भने पछि बिहान ८:४५ को मापनमा ५.४ डिग्री सेल्सियस देखिएको थियो।

आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे मापन हुने मौसमविद् झाले बताए। ‘त्यतिबेला अहिलेकै हाराहारीमा पनि रहन सक्छ भने केही घट्ने सम्भावना पनि हुन्छ’, उनले भने, ‘न्यूनतम तापक्रम भनेको २४ घण्टामा तापक्रम कतिसमम्म तल झर्‍यो भन्ने हो, जुन बिहान ८:४५ सम्ममा देखिन्छ।’ 

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ। 

यतिबेला काठमाडौँ उपत्यकाको मौसम सामान्यतया सफा (आकाशमा अलि अलि मात्र बादल) रहेको मौसमविद् झाले बताए। 

‘अहिले हुस्सु त लागेको छैन, भिजिबिलिटी ६ किलोमिटर छ’, उनले भने, ‘केही बेरपछि भने हुस्सु लाग्ने सम्भावना छ, तर घाम लागेपछि फेरि खुल्छ।’ 

देशभरका लागिमौसम पूर्वानुमान : ३ वटा प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो लाग्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .