ad ad

बागमती


न्यानो हुँदै काठमाडौँ, ८ डिग्री सेल्सियसमा उक्लियो न्यूनतम तापक्रम

न्यानो हुँदै काठमाडौँ, ८ डिग्री सेल्सियसमा उक्लियो न्यूनतम तापक्रम

नेपालखबर
पुस ११, २०८० बुधबार ७:३९, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही दिनदेखि क्रमश: बढिरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार आज बिहान ६ः४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो। 

हिजो मंगलबार यही समय (बिहान ६ः४५) मा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो। 

न्यूनतम तापक्रम बढेसँगै काठमाडौँ उपत्यकामा आज बिहान चिसो कम अर्थात् हिजो अस्तिको तुलनामा केही न्यानोपन बढेको छ।  

राति काठमाडौँ उपत्यकामा मौसम बदली भई आकाशमा बादल लागेका कारण आज बिहान न्यूनतम तापक्रम बढेको मौसमविद् अर्यालले बताए।  

‘आज बिहान तुलनात्मक रूपमा केही न्यानो भएको छ’, उनले भने।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अस्ति सोमबार ५.४ डिग्री सेल्सियस थियो भने हिजो मंगलबार केही बढेर ६ डिग्री सेल्सियसमा उक्लिएको थियो।  

आजको पनि आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे आउने मौसमविद् अर्यालले बताए। त्यतिबेला बिहान ६:४५ बजेको भन्दा थोरै घट्ने सम्भावना हुन्छ।   

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म हुने अनुमान गरिएको मौसमविद् अर्यालयले जानकारी दिए। 

आकाशमा अलि अलि बादल देखिए पनि काठमाडौँ उपत्यकामा आज घाम लाग्ने सम्भावना रहेको उनको भनाइ छ। 

देशभरका लागि : तीन प्रदेशको उच्च भूभागमा हिमपातको सम्भावना, चिसोबाट बच्न सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .