ad ad

बागमती


काठमाडौँमा चिसो थप घट्यो

काठमाडौँमा चिसो थप घट्यो

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
पुस १३, २०८० शुक्रबार ७:३४, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम उकालो लाग्ने क्रम जारी छ। 

केही दिनदेखि बढिरहेको उपत्यकाको न्यूनतम तापक्रम आज ८ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको हो। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ६:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस देखिएको हो। हिजो बिहीबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो।

न्यूनतम तापक्रम बढ्नु भनेको बिहानको चिसो केही मात्रामा घट्नु हो।  

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउने मौसमविद् झाले बताए। तर त्यतिबेला सोही हाराहारी वा अहिलेको भन्दा थोरै घट्ने मात्र सम्भावना हुन्छ। 

हिजो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस थियो। 

यही पुस ५ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४‍‍.५ डिग्री सेल्सियसम्म झरेको थियो। त्यसयता क्रमशः बढ्दै अहिले उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियभन्दा माथि पुगेको हो। 

मौसमविद् झाका अनुसार मौसम बदली भई राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम घट्छ भने राति आकाश खुला भयो भने न्यूनतम तापक्रम घट्छ। 

‘बादलले ब्लान्केटको काम गर्छ’, उनले भने, ‘जसले गर्दा न्यूनतम तापक्रम बढ्छ।’

केही दिनयता काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि बढेको छ। हिजो बिहीबार उपत्यकाको न्यूनतम तापक्रम १८.९ डिग्री सेल्सियस थियो। आज पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको मौसमविद् झाले बताए। 

उनका अनुसार आज काठमाडौँ उपत्यकामा घाम–बादल, घाम–बादल हुने सम्भावना छ। ‘दिउँसोतिर अलि बादल आउनसक्छ’, उनले भने।

देशभरका लागिआजको मौसम : पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .