काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्थिर बसेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ६:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस देखिएको हो। हिजो आइतबार पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यत्ति नै थियो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउनेछ। तर त्यतिबेला पनि अहिलेकै हाराहारी वा थोरै घट्ने सम्भावना हुन्छ।
यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने देखिएको उनले बताए।
मौसमविद् झाले आज काठमाडौँ उपत्यकाको मौसम राम्रै रहने अनुमान गरिएको जानकारी दिए।
‘दिउँसोतिर अलि अलि बादल देखिए पनि आज काठमाडौँ उपत्यकामा घाम लाग्ने देखिएको छ’, उनले भने।
105
Shares
प्रतिक्रिया