महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नाडा अटो शोको अवसरका नेपालमा नयाँ कम्प्याक्ट एसयूभी, एक्सयूभी ३०० (एसयूभी थ्री डबल ओ उच्चारण हुने) सार्वजनिक गरेको छ ।
नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल डब्लू फोर वर्गका लागि ३९ लाख ७५ हजार र डिजेल डब्लू फोर वर्गका लागि ४१ लाख २५ हजार रुपैयाँ तोकिएको छ । यो एक्सयूभी ३००, चित्ताकर्षक (हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा वर्गीय परिभाषित आन्तरिक सजावट÷बनावटले यसलाई रोमाञ्चक र बृहत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित हुने कम्पनीको दाबी छ । यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ । डब्लु ४, डब्लु ६, डब्लु ८ गरी एक्सयूभी ३०० तीन प्रकारमा उपलब्ध छ भने डब्लु ८ अफ्सनल प्याकमा पनि उपलब्ध रहको कम्पनीले जनाएको छ ।
यो एक्सयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भरमा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । यसै सालको फेबु्रअरीमा नेपालमा भएको महेन्द्र उदय मेलामा एक्सयूभी ३०० प्रस्तुत गरिएको थियो, जुन जसलाई ग्राहकहरुबाट ज्यादै रुचाईएको थियो ।
Shares
प्रतिक्रिया