प्रहरीले बलात्कार आरोपी सन्दीप लामिछानेलाई जिल्ला अदालत पु¥याएको छ। थुनछेक बहसका लागि उनलाई अदालतमा उपस्थित गराइएको हो।
आजदेखि उनको बयान लिने र त्यसपछि थुनछेक आदेश हुनेछ। आजै बयान पनि लिनु पर्ने र थुनछेक बहस पनि हुने भएकाले नसकिए बुधबार मात्रै आदेश आउनेछ।
सोमबार जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेले बलात्कार गरेको दाबीसहित अदालतमा अभियोग पत्र दायर गरेको थियो।
लामिछानेले १८ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै जाहेरी गरेकी थिइन्। उक्त कसुरमा १० देखि १२ वर्षसम्म कैद र ५ लाख रुपैयाँ क्षतीपूर्तिको माग गरिएको छ।
गत भदौ २१ गते उनीविरुद्ध जाहेरी परेको थियो। असोज २० गते उनी नेपाल फर्किएपछि पक्राउ परेका थिए। त्यसयता उनी हिरासतमा छन्।
थुनछेक आदेशपछि उनी कारागार चलान हुने वा मुद्दाको किनारा नलागेसम्म बाहिरै रहने भन्ने टुंगो लाग्नेछ। तर अन्तिम फैसला हुन भने केही महिना लाग्नेछ।
- सन्दीपविरुद्ध प्रहरीका प्रमाण : १२ वटा सीसीटीभी फुटेजदेखि स्न्यापच्याट म्यासेजसम्म
- सन्दीपको बैंक खाता र जग्गा रोक्का गर्न माग
- सन्दीपको मुद्दामा दुई क्रिकेटरले दिए यस्तो बयान
- सन्दीपको बयान : किशोरीले फोन काटेर म्यासेज पठाइन्, ‘डन्ट वरी म सेफ छु’
- किशोरीलाई सन्दीपको म्यासेज : मायाको पहिलो सौगात सुरू...
Shares
प्रतिक्रिया