ad ad

अपराध


यौन दुर्व्यहार आरोपमा पक्राउ परेका मदन राईविरुद्ध आज म्याद थप गरिँदै

यौन दुर्व्यहार आरोपमा पक्राउ परेका मदन राईविरुद्ध आज म्याद थप गरिँदै

फाइल तस्बिर : अभियुक्त मदन राई


नेपालखबर
बैशाख ३१, २०८० आइतबार ९:३७, काठमाडौँ

यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम) का संस्थापक मदन राईविरुद्ध आज (आइतबार) अदालतबाट म्याद थप गरिने भएको छ। 

उनकै फाउन्डेसनमा ७ वर्ष बसेर पढेकी एकजना १६ वर्षीया किशोरीले यौन दुर्व्यवहारको अभियोगमा ७५ वर्षीय राईविरुद्ध गत शुक्रबार जाहेरी दिएपछि त्यही दिन खोटाङ प्रहरीले उनलाई पक्राउ गरेको हो। 

हिजो शनिबार (सार्वजनिक बिदा) भएकाले आज राईलाई अदालत उपस्थित गराई म्याद थपको अनुमति लिइने खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए। 

‘आज हामी मदन राईविरुद्ध अनुसन्धानका लागि म्याद थप गराउँछौँ’, प्रहरी निरीक्षक कार्कीले आइतबार बिहान नेपालखबरसँग भने। 

अहिले अभियुक्त राई खोटाङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। जाहेरी दिने किशोरी भने अहिले कसैको संरक्षणमा राखिएको तर यसभन्दा बढी खुलाउन नमिल्ने प्रहरी निरीक्षक कार्कीको भनाइ छ। 

जाहेरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग देखाएर छुन लगाएकोलगायत आरोप लगाएकी छन्। 

यसअघि मदनले फाउन्डेसनमा राखिएका बालबालिकालाई लामो समयदेखि यौन दुर्व्यवहार गर्ने गरेको घटना सञ्चारमाध्यमले सार्वजनिक गरेको थियो।

स्कुलको सहमति लिएर नौ वर्षअघि मदनले खोलेको उक्त फाउन्डेसनमा होस्टेल बनाएर बालबालिका राख्ने गरिएको छ। 

राईविरुद्ध थप उजुरी भने नआएको खोटाङ प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .