महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। सुर्खेतको गुर्भाकोट नगरपालिका ५ का २९ वर्षीय खगेन्द्र ऐरी बुधबार पक्राउ परेका हुन्।
उनी रोजगारीका लागि मलेसियामा थिए। तर बिद्युतीय अपराधको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भइसकेका उनलाई साइबर ब्यूरोले विमानस्थलबाटै पक्राउ गरेको हो।
सामाजिक सञ्जालमा साथी बन्दा ती युवक र जाहेरवाला महिलाबिच म्यासेन्जरमा गोप्य तस्बिर पनि एकअर्कालाई पठाएका थिए।
तर पछि ती युवकले फेक आइडी बनाएर तीनै तस्बिर महिलाका आफन्त तथा साथी भाइलाई पठाएको भन्दै महिलाले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।
उजरी दर्तापछि उनी प्रहरीको फरार सूचीमा थिए। उनीमाथि थप कारबाहीका लागि बुधबार नै अदालतमा उपस्थित गराइएको साइबर ब्यूरोका प्रवक्ता एसपी दीपक राज अवस्थीले जानकारी दिए।
1.7k
Shares
प्रतिक्रिया