नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न आज (सोमबार) अदालत लगिँदै छ।
पक्राउ पुर्जी जारी भएपछि १० दिनदेखि फरार रायमाझीलाई प्रहरीले आइतबार राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो।
हिजै राति काठमाडौं प्रहरी परिसर ल्याइएका एमालेका निलम्बित सचिव रायमाझीलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई प्रहरीले अनुसन्धानका लागि म्याद लिने भएको हो।
रायमाझी पक्राउ परेसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लाने भन्दै करोडौँ रकम ठगी गरेको अभियोगमा समातिनेको संख्या १३ पुगेको छ।
सोही प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण रायमाझीभन्दा अघि नै पक्राउ परेर प्रहरीको हिरासतमा पुगिसकेका छन्। रायमाझीका छोरा सन्दीप पनि सोही प्रकरणमा पक्राउ परिसकेका छन्।
हेर्नुहोस् सम्बन्धित अन्य खबर-
- टोपबहादुरको राजनीतिमा ‘कालो बादल’
-
बूढानीलकण्ठमा अर्घाखाँचीकै कार्यकर्ताको घरमा लुकेका थिए टोपबहादुर रायमाझी
-
टोपबहादुरलाई प्रहरीले हिजैदेखि ट्रयाक गरेको थियो, मध्यराति छिरेका थिए काठमाडौं
-
आफूले गृहको ‘हर्ताकर्ता’ बनाएको सल्लाहकार असुली धन्दामा समातिएपछि अप्ठेरोमा बादल
-
पक्राउ गर्न पुगेका प्रहरीलाई इन्द्रजितले भने : पहिल्यै टाइम नलिई किन आयौ?
-
नक्कली शरणार्थी प्रकरण : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
-
टोपबहादुरले संलग्नता अस्वीकार गर्दै भने : म पनि छक्क परेँ, कानुनलाई सहयोग गर्छु
-
दरबारमार्ग जान मानेनन् बालकृष्ण खाँण, परिसरमै बेडसहितको ‘सिंगल रुम’मा राखियो
-
कार्यदल संयोजक पन्थी र सदस्य केसीको बयान : यो प्रतिवेदन हाम्रो होइन, बिचौलियाले लेखेको हो
-
टोपबहादुर पक्रन गएका प्रहरीलाई आईजीपीले नै फिर्ता बोलाएका थिए
-
यी तीन जना फरार हुँदा प्रहरीले जुटाउन सकेन बादल र प्रेम राईविरुद्ध प्रमाण
-
इन्द्रजितको इन्कार, अरुले बादल–पत्नी र अख्तियार प्रमुखको पनि नाम पोले
-
हिरासत पुगेपछि बालकृष्ण र टेकनारायणको पहिलो जम्काभेट : मन्द मुस्कानसहित छोटो संवाद
-
नक्कली शरणार्थीमा मुछिएका सचिव पाण्डे भन्थे : धेरै लोभ गर्नु हुँदैन, विनाश निम्त्याउँछ (भिडिओ)
-
नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि पूर्वगृहमन्त्री खाँणको ध्यानाकर्षण
Shares
प्रतिक्रिया