ad ad

प्रवास


पोर्चुगलमा बेपत्ता नेपालीको शव भेटियो, दुई महिनाअघि नै मृत्यु भएको पुष्टि

पोर्चुगलमा बेपत्ता नेपालीको शव भेटियो, दुई महिनाअघि नै मृत्यु भएको पुष्टि

नेपालखबर
जेठ २८, २०७९ शनिबार २०:५७, काठमाडौँ

करिब दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका एक युवकको शव भेटिएको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२, का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो। 

उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटिएको थियो। 

तर शवको पहिचान करिब ५५ दिनपछि अर्थात् बिहीबार भएको हो। 

शवको पहिचान खुलेपछि प्रहरीले खबर गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले बताए। 

सिलवाल १५ अप्रिलबाट पोर्चुगलको राजधानी लिस्बनबाट हराएका थिए। 

बेपत्ता हुनुअघि उनले नेपालस्थित परिवारसँग कुरा गरेको खुलेको छ। सिलवाल रोजगारीको सिलसिलामा ७ वर्षअघि पोर्चुगल गएका थिए।

सम्पर्कबाहिर भएपछि परिवारकै आग्रहमा पोर्चुगलको नेपाली समुदायले उनको खोजी सुरु गरेको थियो।

तर लामो समयसम्म उनको कुनै पत्तो लागेको थिएन। उनी सम्पर्कविहिन भएको ५५ दिनपछि ९ जुन मा पोर्चुगल प्रहरीले एनआरएनएलाई शवबारे जानकारी दिएको थियो।

पोर्चुगल प्रहरीले अप्रिल १६ मा एक शव समुद्रबाट निकालेको थियो। बिहीबार ९ जुनमा मात्रै मात्रै शवको पहिचान भएको हो। 

सिलवालको शव लिस्बनको एक अस्पतालमा छ। उनका परिवारले शव नेपाल पठाइदिन आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .