ad ad

Draft


सीको स्वागतका लागि सिँगारिँदै काठमाडौँ (फोटोफिचर)

 सीको स्वागतका लागि सिँगारिँदै काठमाडौँ (फोटोफिचर)

प्रविन कोइराला
असोज १९, २०७६ आइतबार ५:४१,

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमकणको पूर्वसन्ध्यामा काठमाडौँलाई सुन्दर बनाउने कार्य तीव्र गतिमा अगाडि बढेको छ।

राष्ट्रपति सी आउने रुटमा सरकारले बाटो पिच गरी खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ भने सडक र त्यसआसपासमा रङरोगन गर्ने कार्य पनि तीव्र गतिमा अगाडि बढेको छ।

यो काम विशेष गरेर राष्ट्रपति सी यहाँ हिँड्ने रुटमा भइरहेको छ। पछिल्लो एक हप्तादेखि काडमाडौँका सडक मर्मत र रङरोगन गर्दै आइए पनि शनिबार राति र आइतबार बिहान तीनकुने क्षेत्रलाई हरियाली बनउने क्रम जारी रहेको छ।

तीनकुने क्षेत्रमा सडकको वारिपारि फलफूलका विरुवा रोपेर हरियाली बनाइएको छ भने दुबो समेत रोपेर बगैँचा जस्तै बनाइएको छ।

एयरपोर्टबाट ओर्लेर सोल्टी होटल जानका लागि बाटो पर्ने यो क्षेत्र तीनकुनेलाई हरियाली बनाइर्एको छ भने माइतीघरदेखि सो क्षेत्रसम्म सडकको बीचमा रहेको बगैँच पनि गोडमेल गरिएको छ भने खाली रहेका ठाउँमा फलफूलका विरुवा रोपिएको छ।

त्यस्तै बिजुली बजार पुल आसपासका क्षेत्रमा सम्पलदा सूचीका होर्डिङ बोर्ड राखिएको छ। हेरौँ केही तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .