दसैंको मौकामा बढी भाडा लिएर यात्रु ठग्ने ८ सवारीसाधनलाई धादिङ प्रहरीले कारबाही गरेको छ।
राजधानीलगायत विभिन्न स्थानबाट धादिङ सडक भएर आवतजावत गरेका ८ सवारीसाधनले ११७ यात्रुसँग भाडादरभन्दा बढी रकम लिएकाले फिर्ता गराइएको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए।
‘दसैं सुरुभयता अहिलेसम्म हामीले ११७ यात्रुबाट बढी असुलिएका झन्डै ११ हजार रुपैयाँ फिर्ता गराई ठग्ने ८ सवारीसाधनलाई पनि ट्राफिक नियमअनुसार कारबाही गराएका छौं,’ उनले टेलिफोनमा नेपालखबरसँग भने।
यस्तै सवारी जाम हटाउन पनि धादिङ प्रहरी सक्रिय भएको छ। नौबिसे-नागढुंगे सडकमा अहिले कुनै जाम नरहेको जानकारी पनि एसपी वैदवारले जानकारी दिए।
यात्रु तथा स्थानीय बासिन्दाले धादिङ प्रहरीले दसैंका बेला अहिलेसम्मकै राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरेका छन्।
प्रतिक्रिया