ad ad

कारोबार


प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा एक सय रुपैयाँ बोनस

प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा एक सय रुपैयाँ बोनस

नेपालखबर
साउन १, २०७८ शुक्रबार १७:३४,

अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा रू. १०० बोनस प्रदान गर्ने भएको छ। एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको खल्तीले जनाएको छ।

यो बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुन्छ। लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती प्थ्ऋ अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ। त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्नेछ। 

उक्त लिंक गरिएको प्राईम बैंक अकाउन्टबाट खल्तीमा निःशुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केहि सेकेण्ड भित्रै जुनसुकै समयमा गर्न सकिन्छ। साथै लिंक घरबाटै गर्न सम्भव छ। 

यो योजना जुलाई १६ देखि ३१ तारिखसम्म खल्तीसँग प्राईम बैंक लिंक गर्ने जोकोहीलाई लागू हुन्छ। 

उक्त अफरको सन्दर्भमा खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिङ प्रबन्धक, शिरिष श्रेष्ठले भने, ‘हामीले महामारीको समयमा घरबाटै सबै किसिमको बिल भुक्तानी डिजिटल माध्यम बाट गर्न प्रोत्साहित गराउन उक्त बोनस अफर ल्याएका हौँ। यस सेवा मार्फत ग्राहकवर्गले घरिघरि पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन्। साथै लिंक गरिएको बैंकबाट खल्तीमार्फत अर्को बैंक मा केहि सेकेन्ड मै रकम ट्रान्सफर सकिने सुविधा भएको हुँदा हाल यो सेवा धेरैको रोजाइमा रहेको हामीले पाएका छौँ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .