ad ad

कारोबार


जसपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता चौधरी लोसपामा

जसपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता चौधरी लोसपामा

गोकुल जोशी
भदौ २१, २०७८ सोमबार १९:३४, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कृष्ण बहादुर चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्। 

सांसद चौधरीले सोमबार धनगढीस्थित निर्वाचन कार्यालयमा गएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेका छन्। 

कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी चौधरीले जसपा छाडेर महन्थ ठाकुर नेतृत्वको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेका हुन्। 

सुदूरपश्चिम प्रदेश सभामा जसपाका २ सांसद छन्। कैलालीकै समानुपातिक सांसद मालामती राना जसपामै छिन्। 

निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिलाई भदौ २२ (मंगलबार) सम्म दल रोज्ने समय दिएको छ। ५२ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल (१४ सांसद) बनेको छ। 

यस्तै, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र एमालेका सभामुख सहित ११ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .