ad ad

कारोबार


नेपाल-बंगलादेशका ४ वटा निकायबीच क्वारेन्टाइन र एसपीएस समझदारी हुने

नेपाल-बंगलादेशका ४ वटा निकायबीच क्वारेन्टाइन र एसपीएस समझदारी हुने

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार १३:४६,

नेपाल बंगलादेशबीच द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने उद्देश्यले सोमबारदेखि काठमाडौंमा भएको सहसचिव स्तरीय वार्ताले नेपाल र बंगलादेशका ४ वटा निकाय बीच विभिन्न विषयमा समझदारी गर्ने निर्णय गरेको छ। 

कृषि विभाग र बंगलादेशको कृषि प्रसार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बंगलादेशको सम्बन्धित निकाय, साल्ट ट्रेडिङ र ट्रेडिङ कर्पोरेशन आफ बंगलादेश, राष्ट्रिय खाद्य व्यवस्था तथा व्यापार कम्पनी र ट्रेडिङ कर्पोरेशन आफ बंगलादेशबीच दुईपक्षीय समझदारी गर्ने निर्णय भएको हो। साेमबारदेखि सुरु भएकाे सहसचिवस्तरीय वार्ता विभिन्न सहमति गर्दै आज सकिएकाे हाे।

क्वारेन्टाइन र एसपीएस अर्थात् सेनिटरी एण्ड फाइटोसेनिटरी, वस्तुको बाह्य व्यापारका लागि खाद्य स्वस्थता र वनस्पति स्वास्थ्यसँग सम्बन्धित छ, यो विश्व व्यापार संगठनअन्तर्गतको एउटा नियम हो। यसले वस्तुको बाह्य निर्यातका लागि व्यापारका अव्यावहारिक अवरोध हटाउन र खाद्य सुरक्षा र वनस्पति तथा जनावरको स्वास्थ्य संरक्षण गर्ने सन्तुलनको अधिकार सरकारलाई दिन्छ। यसमा दुईपक्षीय समझदारी गर्न दुईदेश सहमत भएका छन्।

वार्तामा नेपालको तर्फबाट उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले नेतृत्व गरेका थिए भने बंगलादेशको तर्फबाट वणिज्य मन्त्रालयका अतिरिक्त सचिव शरिफा खानले नेतृत्व गरेका थिए। दुईपक्षीय वार्तामा नेपाल र बंगलादेशबीच रहेको ऐतिहासिक तथा दौत्य सम्बन्धमा प्रकाश पार्दे दुबै देशबीच बढ्दै गएको व्यपार तथा सम्भाव्य व्यापारबाट अधिकतम फाइदा हासिल गर्नेमा जोड दिइएको थियो।

वार्ताका क्रममा नेपालले धागो निर्बाध रुपमा बंगलादेशमा सहज पहँचका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको थियो। त्यस्तै कृषि जन्य वस्तुमा अतिरिक्त भन्सार शुल्क समेत हटाउन माग गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .