ad ad

कारोबार


६० यात्रु बोकेर हिमालयन एयरलाइन्स बेइजिङ उड्यो

६० यात्रु बोकेर हिमालयन एयरलाइन्स बेइजिङ उड्यो

बसन्त अर्याल
कात्तिक १०, २०७६ आइतबार ५:४९,

हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा आफ्नो पहिलो उडान भरेको छ।

नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाईन्सले लामो समयको प्रयासपछि नवनिर्मित डाक्सिन इनटरनेशनल विमानस्थलमा उडान भरेको हो।

हिमालयन एयरलाइन्सको बेजिङ उडान शुभारम्भ संकृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले गरेका छन्। उनले हिमालय एयरलाइन्सलाई शुभकामना दिदै चिनियाँ पर्यटकहलाई नेपाल आगमनमा सहज हुनुका साथै नेपाल भ्रमण बर्ष २०२० लाई थप टेवा पुग्ने बताएका छन्।

शुभारम्भ कार्यक्रममा संकृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, नेपालका लागि चीनियाँ राजदुत होउ यान्छी लगाएत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

बिहान ९ बजे काठमाडौंबाट बेइजिङ उडान भरेको ए ३२० विमान राति पौने १० मा फर्कने हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।

‘बिहान साढे ८ बजेको सेडियुल भए पनि विमान ९ बजेमात्रै उड्यो’, उपाध्यक्ष श्रेष्ठले नेपालखबरसँग कुरा गर्दै भने, ‘पहिलो उडानमा काठमाडौँबाट बेइजिङ जाने ६० यात्रु रहेका छन्।’

Image may contain: 4 people, people smiling, people sitting

 यसअघि निजी क्षेत्रको हिमालयले चीनका गन्तव्यमा केही चार्टर्ड उडान मात्रै गर्दै आएको थियो। कम्पनीले बेइजिङपछि चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

हिमालय एयरलाइन्सले स्थापनाको समयमा नै आफ्नो प्राथमिकता चीन उडान हुने बताएको थियो। तर, बेइजिङको अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्तका कारण एयरलाइन्स कम्पनीले चीनमा सिधा उडान गर्न पाएको थिएन्।

नेपाल चीन सिधा उडानबाट नेपाल भम्रण वर्ष २०२० मा पर्यटक ल्याउन सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।

सन् २०१४ अगस्टमा स्थापित एयरलाइन्सले आफ्नो पाँच वर्षको अवधिमा तीनवटा न्यारोबडी ए–३२० जहाजमार्फत हाल अबुधाबी, दमाम, दोहा, ढाका, दुबई र क्वालालम्पुरमा उडान भर्दै आएको छ ।

केही समय अगाडि हिमालय एयरलाइन्सको चिनियाँ लगानीकर्ता फेरिएको छ। ४९ प्रतिशत सेयर भएको तिब्बत एयरलाइन्स बाहिरिएर तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड एन्भेष्टमेन्ट कम्पनी भित्रिएको हो। कम्पनीको ५१ प्रतिशत शेयर भने नेपालको यति वल्र्ड कम्पनीको नाममा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .