ad ad

कारोबार


१७ अंकले घट्यो सेयरबजार, ७ अर्ब ७७ करोडको सेयर किनबेच

१७ अंकले घट्यो सेयरबजार, ७ अर्ब ७७ करोडको सेयर किनबेच

नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १५:१८, काठमाडौँ

साताको दोस्रो कारोबार दिन सेयरबजार दोहोरो अंकले झरेको छ। 

बजार परिसूचक नेप्से १७.७५ अंकले र क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ सूचक १.८८ अंकले घटेको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार २२६ कम्पनी आजको कारोबारमा सामेल भएका छन्। उनीहरुको १ करोड ३४ लाख कित्ता सेयर बिक्री भएको छ। 

दिनभरिमा ८० हजार ३ सय ५१ पटक भएको खरिदबिक्रीमा ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७ सय ७८ रुपैयाँको कारोबार भएको हो। 

आज लगानी, होटल र पर्यटन तथा बैंकिङ समूहको सूचक हरियो भए पनि बाँकी उपसूचकहरु राताम्य रहेका छन्। 

सोमबारको कारोबारमा तीनवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागे पनि अन्य सेयरमा उल्लेख्य वृद्धि नभएको नेप्सेले जनाएको छ। लगानीकर्ताहरुले आज ६.७२ प्रतिशतसम्म गुमाएका छन्। आज ३६ करोडसम्मको अधिकतम कारोबार भएको नेप्सेले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .