अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय विराटनगरका तीन पदाधिकारीविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता गरेको छ।
आयोगले तीन जना पदाधिकारीहरु रासायनिक मल भण्डारण शाखाका तत्कालीन प्रमुख सहायक दिलचन्द्र राई, तत्कालीन जुनियर सहायक खगेन्द्र बस्नेत र तत्कालीन कार्यालय प्रमुख नवीनचन्द्र झाविरुद्ध १९ लाख ७ हजार ३ सय ५० रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरेको हो।
आयोगका अनुसार विराटनगरस्थित कार्यालयमा प्रमुख रहे पनि झाले कार्यालयका गोदाममा रहेको रासायनिक मल अनियमित तरिकाले गोदामबाट बिक्री वितरण गरिँदा समेत जिम्मेवारी वहन नगरेको आरोप लगाएको छ। त्यस्तै राईले आफ्नो जिम्मामा रहेका रासायनिक मलहरु जिन्सी किताबमा आम्दानी देखाई अनियमित तरिकाले बिक्री वितरण गरेको र बस्नेतले समेत पदीय दायित्व पूरा नगरी सरकार र सार्वजनिक संस्थालाई हानि पुर्याएको आरोप लगाएको छ। उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरिएको हो।
प्रतिक्रिया