ad ad

कारोबार


श्रेष्ठ र बोहोरा एक/एक कराेड धराैटीमा रिहा

श्रेष्ठ र बोहोरा एक/एक कराेड धराैटीमा रिहा

नेपालखबर
मंसिर ८, २०७६ आइतबार १२:५१,

बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएकाे छ। 

आइतबार न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलाशले उच्च अदालतको निर्णयलाई बदर गर्दै श्रेष्ठलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

बैंक अफ काठमाण्डूका पुर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसँगै किरण कुमार बोहोरालाई पनि सर्वोच्चले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

यस अघि उच्च अदालतले कमसल धितो प्रकरणमा श्रेष्ठलाई थुनामा राख्ने आदेश दिएको थियो। उच्च अदालतको आदेश आफ्नो पक्षमा नआए पछि श्रेष्ठ सर्वोच्च अदालत पुगेका थिए।

झापाका ऋणी सुरेन्द्र श्रेष्ठको नक्कली फाइलमा हस्ताक्षर गरेर पाँच करोड रुपैयाँको कर्जा दिएको आरोपमा उच्च अदालतले श्रेष्ठलाई थुनामा राख्ने आदेश दिएको थियो। सो आदेश आए पछि श्रेष्ठ सर्वोच्चको शरणमा पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .