भैरहवास्थित दोस्रो अन्तराष्ट्रिय विमानस्थल (गौतमबुद्ध)मा नेपाल वायुसेवा निगमको वाइडबडी एयरबस ३३० जहाजले परीक्षण उडान गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौतमबुद्ध विमानस्थलमा निगमको वाइडबडी सफलतापूर्वक अवतरण गरिएको हो।
२७४ सिट क्षमता भएको वाइडबडी ए–३३० जहाज काठमाडौंबाट २७ मिनेटमा भैरहवा पुगेको थियो। परीक्षण उडान भएकाले विमानस्थलको एक फन्को मार्दा करिब ५० मिनेट आकाशमा उडान गरेको थियो।
क्याप्टेन श्रवण रिजालको नेतृत्वमा रहेको निगमका चालक दलका सदस्यहरुले वाइडबडीलाई भैरहवा लगेका हुन्।
विमानमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसहित मन्त्रालयका कर्मचारी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित कर्मचारीहरु, पर्यटनसम्बद्ध व्यवसायी, पत्रकार लगायत यात्रु समेत सहभागी भए।
भैरहवामा अवतरण गरेसँगै यात्रुले ताली पिटेर खुसियाली व्यक्त गरेका थिए।
Shares
प्रतिक्रिया