ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंक र दूरसञ्चार कम्पनीबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र दूरसञ्चार कम्पनीबीच सम्झौता

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार १०:५१,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई निशुल्क रुपमा जि.एस.एम.सिमकार्ड उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दूरसञ्चार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन्। यस सम्झौता पश्चात हालसम्म सिमकार्ड नलिएका राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमबाट उपलब्ध हुने जि.एस.एम.सिमकार्ड निशुल्क रुपमा उपलब्ध गराउने छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सहकार्यले प्रतिस्पर्धी रुपमा सेवा प्रदान गर्न थप उर्जा मिल्ने बताए। उनले आगामी दिनमा दुई ठूला सरकारी संस्थाहरुले अन्य क्षेत्रमा पनि सहकार्य गरेर जान सकिने बिचार ब्यक्त गरे। नेपाल दूरसञ्चार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले दुबै संस्थाको यो व्यवसायिक सहकार्यबाट समाजलाई फाईदा पुग्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .