नेपाली बजारमा आइतबार सुनको भाउमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ ९३ हजार ६ सय रुपैयाँमा झरेको छ।
तेजावी सुनको भाउ पनि ९३ हजार १ सय रुपैयाँमा आइपुगेको छ।
आइतबार चाँदीको भाउ भने बढेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ।
चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ।
624
Shares
प्रतिक्रिया