ad ad

कारोबार


सेयरबजार ५ अंकले बढ्यो, शिवम् सिमेन्टको उच्च कारोबार

सेयरबजार ५ अंकले बढ्यो, शिवम् सिमेन्टको उच्च कारोबार

नेपालखबर
असार ९, २०७६ सोमबार ९:४०,

 लगातारको गिरावटपछि सेयरबजार परिसूचक ५.७५ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार मापक नेप्से उक्त अंकले बढेर १२६०.१० अंकमा आइपुगेको छ।

ठूला कम्पनीको कारोबार मापक सेन्सिटिभ सूचक पनि आज १.४४ अंकले बढेको छ। कुल १ सय ७३ कम्पनीको कारोबार भएकामा ४८ करोड १४ लाख ९२ हजारको मात्रै सेयर किनबेच भएको नेप्सेले जनाएको छ। आज बजारमा १५ लाख कित्ता सेयर किनबेच भएका छन्।

११ समूहको कारोबार
आज सेयरबजारमा ११ वटा समूहका कम्पनीहरुको सेयर किनबेच भएको छ। जसमध्ये वाणिज्य बैंक ४.३४ अंकले, होटल २६.५४ अंकले, ऊर्जा ८.५६ अंकले, फाइनान्स १.१ अंकले, उत्पादन ७.७४ अंकले, अन्य ८.६९, माइक्रोफाइनान्स १७.३८ अंकले कारोबार बढेको छ भने म्युचुअल फन्ड शून्य दशमलव ०३, जीवन बीमा शून्य दशमलव ४, निर्जीवन बीमा २.२२ र विकास बैंक २.५५ अंकले कारोबार बढेको छ।

उच्च कारोबार गर्ने कम्पनी
आज सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ। उक्त कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ सय ६० रुपैयाँको दरमा ५ करोड १८ लाखको कारोबार भएको नेप्सेले जनाएको छ। त्यसपछि धेरै कारोबार हुने कम्पनीमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ। कम्पनीको २ करोड ६० लाखको, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड प्रोमोटर सेयरको २ करोड ५६ लाखको, डिप्रोस्क लघुवित्त वित्तीय संस्थाको २ करोड ११ लाखको, नेपाल बैंक लिमिटेडको २ करोडको, प्रभु बैंकको १ करोड ६९ लाखको, कृषि विकास बैंकको १ करोड ५३ लाखको र एनआईसी एसिया बैंकको १ करोड ३९ लाखको सेयर किनबेच भएका छन्।

जसले धेरै आम्दानी गरे
आजको कारोबारमा धेरै आम्दानी गर्ने कम्पनी भने जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक रहेको छ। कम्पनीका लगानीकर्ताले ९९ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले ३५ रुपैयाँ, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले ३४ रुपैयाँ, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले २७ रुपैयाँ प्रतिकित्ता सेयर आम्दानी गरेका छन्।

जसले धेरै गुमाए
गुमाउने कम्पनीको सूचीमा मल्टिपर्पोस फाइनान्स कम्पनी अग्रपंक्तिमा छ। कम्पनीका लगानीकर्ताले ९.६१ प्रतिशत अर्थात् २२ रुपैयाँ प्रतिकित्ता घाटा व्यहोरेका छन्। त्यस्तै, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४.५३ प्रतिशत अर्थात् ३८ रुपैयाँ, राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रोमोटर सेयरका सेयरधनीले २ सय ५० रुपैयाँ र युनिलिभर नेपाल लिमिटेडका सेयरधनीले एकैदिन ३ सय ७७ रुपैयाँ प्रतिकित्ता सेयर घाटा व्यहोरेको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .